विदुरमा बजार अनुगमन

विदुरमा बजार अनुगमन

नुवाकोट :  विदुर नगरपालिकाको विभिन्न बजार अनुगमन गरिएको छ। नगरपालिकाले उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा सुनिश्चितता तथा बजार व्यवस्थितिकरणका उद्देश्यले  विदुर नगरभित्रका विभिन्न व्यावसायिक क्षेत्रको बजार अनुगमन गरेको मेयर राजन श्रेष्ठको भनाइ छ।

उनका अनुसार विदुर बजार अनुगमन समितिका संयोजक गणेशकुमार नेपालको टोलीले बट्टार, त्रिशूली, कोलोनी, ढुंगे, हावाघर लगायतका स्थानमा रहेको पसल व्यवसायहरूमा स्थलगत अनुगमन गरेको हो। विभिन्न १६ वटा पसल तथा व्यवसाय अनुगमन गरिएको संयोजक गणेशकुमार नेपालको भनाई छ। जसमध्ये चारवटा होटल, सात वटा किराना पसल र पाँचवटा हरियो तरकारीको बेर्ना राखिएका पसलहरू अनुगमन गरिएको हो। 

टोलीले अनुगमनका क्रममा  खानेकुरा प्याकिङ तथा वितरणका लागि नन फुड ग्रेड कागज प्रयोग नगर्न निर्देशन दिनुका साथै आगामी समयमा यस्ता सामग्री प्रयोग भएमा आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.