झापामा हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर।

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार आज बिहान अन्दाजी साढे ६ बजे मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीस्थित खड्काडाँडा नजिकैको सडकमा हिँडिरहेका अन्दाजी ५०/५५ वर्षीय पुरुषलाई हात्तीले आक्रमण गरेको हो।

हात्तीले उनलाई सुँडले समातेर पछार्दा घटनास्थलमै मृत्यु भएको डीएसपी लामाले बताए । मृतकको पहिचान खुलि नसकेको उनको भनाई छ।

हात्तीसँग जम्काभेट भेट हुँदा पनि उनी भाग्न सकेनन्। मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने स्थानीयले बताए पनि उनको पहिचान नखुलिसकेको र उनी भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको डीएसपी लामाको भनाई छ । यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.