हल्दिबारीलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने अभियानको सुरुवात

हल्दिबारीलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने अभियानको सुरुवात

झापा : झापाको हल्दिबारी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने अभियानको सुरुवात गरिएको छ। हल्दिबारी ४ नम्बर वडा कार्यालय आजदेखि बालमैत्री वडा घोषणा भएसँगै बालमैत्री स्थानीय शासनयुक्त हल्दिबारी बनाउने अभियानको सुरुवात गरिएको हो। 

हल्दिबारीका पाँच वटा वडामध्ये ४ नम्बर वडालाई पहिलो बालमैत्री वडा घोषणा गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आज एक समारोहका बीच ४ नम्बर वडाध्यक्ष सन्तकुमार थापालाई प्रमाण–पत्र हस्तान्तरण गरेका छन्। साथै जिल्ला समन्वय समिति झापा र हल्दिबारी गाउँपालिकाले समेत वडा कार्यालयलाई कदर पत्र प्रदान गरेको छ। त्यस्तै वडालाई बालमैत्री बनाउन योगदान पुर्‍याउने विभिन्न संघ–संस्था, व्यक्तिहरूलाई सम्मान गरिएको छ।

वडाध्यक्ष सन्तकुमार थापाले २०८० सालबाट बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा संस्थागत रुपमा निरन्तर कार्य गर्दै बालमैत्री वडा बनाउने अभियान सुरु गरिएको बताए। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेको सेवा प्रवाह र संस्थागत समेत ५१ सूचकहरू बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७५ को मापदण्ड अनुसार सूचकको नतिजा पुरा गरी वडाका १ हजार २६३ घरपरिवारका ५ हजार ८१० नागरिकहरूले बालमैत्री बानी व्यवहार सहित बालबालिकालाई प्राथमिकतामा राख्न सुसूचित गरिएको वडाध्यक्ष थापाले बताए। 

बालमैत्री मापदण्ड पूरा गरेबापत गाउँपालिकाबाट १० लाख रुपैयाँ प्रोत्साहन रकम प्राप्त हुने र उक्त रकम बालबालिकाको शिक्षा, संरक्षण र सहभागितामूलक कार्यक्रम सञ्चालनमा खर्च गरिने उनको भनाई छ। यता हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियान स्वरूप ४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताए। अब क्रमशः बाँकी वडाहरूलाई पनि बालमैत्री वडा घोषणा गराउने अभियानमा लागि पर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.