साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर ल्याउने ३ युवक पक्राउ

साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर ल्याउने ३ युवक पक्राउ

झापा :  झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको साइकल यात्री भद्रपुर-४ निवासी २३ वर्षीय राजेन राजवंशीलाई प्याष्टिकबाहेक २१ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

बिहीबार साँझ ५:२० बजेको समयमा नेपाल आउँदै गरेको राजवंशीले साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर छुकाईछिपाई भित्राउन खोजेका थिए। 

त्यस्तै वडा प्रहरी कार्यालयको टोलीले बिहीबार साँझ भद्रपुर-४ स्थित डाँगीवारिमा भारतबाट नेपाल पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका-९ निवासी २३ वर्षीय पारस गौरपिप्ली र सोही ठाउँका २४ वर्षीय राजु राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक २ ग्राम ब्राउन सुगर फेला पारेको छ। यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.