झापा ३ बाट राजेन्द्र लिङ्देनको एकल नाम सिफारिस

झापा ३ बाट राजेन्द्र लिङ्देनको एकल नाम सिफारिस
फाइल तस्बिर

झापा : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस भएको छ। 

हल्दिबारीमा बुधबार बसेको राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लिङ्देनको एकल नाम सिफारिस गरेको हो। राप्रपाका क्षेत्रीय अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षमा बसेको बैठकले यस क्षेत्रबाट समानुपातिक सदस्यहरूको नाम भने टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ। 

हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। लिङ्देनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए। त्यस्तै २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई हराएका थिए। 

लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाले ३१ हजार १७१ मत ल्याएका थिए। २०७० सालको निर्वाचनमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए। लिङ्देन २०५६ सालमा पहिलो पटक यस क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यस बेला पराजित भएका उनले २०६४ सालको निर्वाचनमा चाहिँ उम्मेदवार बनेनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.