बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापा : झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ का २५ वर्षीय भूपाल अधिकारी र तत्काल नाम थर नखुलेका २६ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार आज साँझ साढे ५ बजेको समयमा पूर्व पश्चिम राजमार्गको बिर्तामोड-६ गिरीबन्धु टी स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। निर्माणाधीन राजमार्गमा डाइभर्सन कारण मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारको लागी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ६ बजेर १५ बजे दुवै जनालाई  मृत घोषणा गरेको थियो। यता दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.