गृहमन्त्री अर्याल नुवाकोटमा

गृहमन्त्री अर्याल नुवाकोटमा

नुवाकोट : गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार आकस्मिक रूपमा नुवाकोटको निरीक्षण गरेका छन्। उनले एकै दिन नुवाकोटको केन्द्रीय कारागार र जिल्ला कारागारको निरीक्षण भ्रमण गरेका हुन्। नुवाकोटको विदुर नगरपालिका-६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार र विदुर नपा १ ढुंगेमा रहेको जिल्ला कारागारको गृहमन्त्री अर्यालले स्थलगत निरीक्षण अवलोकन गरेका हुन्। अपराह्न नुवाकोट प्रवेश गरेका गृहमन्त्री अर्यालले शनिबार नुवाकोटको दुई वटा कारागार र जिल्ला प्रशासन कार्यालयसमेत गरि डेढ घण्टा समय बिताए। 

दुवै कारागार पुगेर अर्यालले अवस्थाका सम्बन्धमा जानकारी लिएका थिए। कारागारमा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा सञ्चालनमा ल्याउने सरकारको निर्णयसँगै त्यसको अवस्थाको आफैंले जानकारी लिन गृहमन्त्री अर्याल आकस्मिक रूपमा नुवाकोट आइपुगेका हुन्। 

उनले कारागारमा बालबिझ्याइँकर्तालाई राख्नका लागि सरकारले तयारी सुरु गर्ने बताए। उनले सरकारको निर्णयलाई पुरा गर्न सकिने अवस्था रहेको स्थलगत अवलोकनका क्रममा बताए। गृहमन्त्री अर्यालले पहिले चण्डीपोखरीस्थित केन्द्रीय कारागार, त्यसमा रहेको खाली ब्लक, त्यसपछि ढुंगेस्थित जिल्ला कारागारको खाली रहेको ब्लक र विदुरमा जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका हुन्। उनले सरकार नतिजा दिने तरिकाले काम गरिरहेको र त्यसमा सरकारी संयन्त्रहरूले साथ दिइरहेको समेत बताए। 

जनतालाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न उनले निर्देशन दिएका छन्। देश र जनताका लागि केही गर्ने उद्देश्य सरकारले लिएको छ। सोही अनुसार आफू कारागारको अनुगमनमा आएको उनको भनाइ छ। मन्त्रिपरिषदको यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बाल सुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिझ्याइँकर्तालाई राख्नका लागि नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारको कुल चारवटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो। अवलोकनका क्रममा मन्त्री अर्यालले अब बालबिझ्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधार गृहमा आवश्यक भौतिक तथा व्यवस्थापकीय सुधार गरी छिट्टै स्थानान्तरण गरिने जनाए। 

सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवासँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र समस्याबारे जानकारी लिएका थिए ।  सोही क्रममा गृहमन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राखेका थिए। १८ भन्दा माथिका बालबिझ्याइँकर्तालाई केन्द्रीय कारागार नुवाकोटको खाली ब्लकमा र १८ भन्दा कम उमेरका लागि ढुंगेमा रहेको जिल्ला कारागारको खाली भवनमा राख्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। दुवैतिर  गरि करिब पाँचसय जना बालबिझ्याइँकर्तालाई राखिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।
 
गृहमन्त्री अर्यालले कैदीबन्दीको मानव अधिकारको जानकारी लिँदै कारागार भित्र हुने हरेक गतिविधि कानुनी र मानव अधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिए ।  यस्तै, कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा कारागारसम्म पुग्ने सडकको पूर्वाधार कमजोर भएको अवगत गराउँदै सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिबद्धता पनि मन्त्री अर्यालले व्यक्त गरेका छन्।

नुवाकोटको दुई स्थानमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा पाँच सय  जना बालबिझ्याइँकर्तालाई सहज तरिकाले राख्न सकिने छ। नुवाकोटको तीन वटा ब्लकमा गत कात्तिक महिनाको विवरण अनुसार आठ सय ७३ जना कैदीबन्दी तथा थुनुवा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.