दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा : दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार गएराति दमक नगरपालिका-७ स्थित लालीगुराँस टोलको भित्री सडक खण्डमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको जस्तो देखिने बागमती प्रदेश –०२–०१७ प ३३४४ नम्बरको २२० सिसीको पंल्सर मोटरसाइकल अनियन्त्रित भई बाटोको पूर्वपट्टि पानी भएको ढलको नालीभित्र पसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलसहित चालक राई लडिरहेको देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.