खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालकको मृत्यु

खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालकको मृत्यु

झापा : खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। 

घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। बालकको उपचारको क्रममा बुधवार साँझ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक जना घाइते भएका छन्। 

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका–१३ चारआलीमा रहेको हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई अचानक आएको एउटा हात्तीले आक्रमण गरी घाइते बनाएको हो। घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टामा चोट लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.