६४ किलो गाँजासहित सिम्रौनगढबाट दुईजना पक्राउ

६४ किलो गाँजासहित सिम्रौनगढबाट दुईजना पक्राउ

सिमराः प्रहरीले बाराको सिम्रौनगढबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बोरामा लुकाएर ६४ किलो गाँजा भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-३ नयकाटोलका ४० वर्षीय राजकिशोर हजार र भारत मोतिहारीका ५० वर्षीय सुरेश नामका एक व्यक्ति रहेका छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी चौकी अमृतगञ्जखजानीबाट प्रहरी सहायक निरीक्षक विश्वराजप्रसाद कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई सिम्रौनगढ नगरपालिका-३ बडपुरवास्थित गगनानगरबाट नयाकाटोल जाँदै गरेका बेला पक्राउ गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट चार बोरा गाँजा बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.