बिर्तामोडको डान्स बारमा प्रहरीको छापा, दुईजना पक्राउ

बिर्तामोडको डान्स बारमा प्रहरीको छापा, दुईजना पक्राउ

झापा : झापाको बिर्तामोडमा सञ्चालितमध्ये दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ। गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले गएराति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोल बजार-१ बका २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरेको हो। प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार खोलेर सञ्चालन गरिरहेको भेटेपछि बारका कर्मचारीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोडमा करिब आधा दर्जन सङ्ख्यामा डान्स बारहरू सञ्चालनमा रहेका छन्। सञ्चालकहरूले युवती राखेर डान्स बार चलाइरहेका छन्। युवतीहरूलाई नचाएर बार चलाउने सञ्चालकहरूले प्रहरी प्रशासनले दिएको समयको अवज्ञा गर्दै आइरहेकोले छापा मारेको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.