झापामा शीतलहरका कारण जनजीवन प्रभावित, चार पालिकामा विद्यालय बन्द

झापामा शीतलहरका कारण जनजीवन प्रभावित, चार पालिकामा विद्यालय बन्द
सांकेतिक तस्बिर।

झापा : झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यार्थीहरूलाई जाडो बिदा दिएका हुन् । जाडो बिदा हिउँदे/बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयका अन्य कार्यक्रमबाहेक नियमित पठन–पाठन बन्द गरिएको ती पालिकाहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्लाका अन्य पालिकाहरूले भने मौसम हेरेर जाडोको बिदा दिने विषयमा भोलि निर्णय गर्ने जनाएको छ । लगातार शीतलहरका कारण जिल्लाका सडक तथा बजारहरूमा पनि मानिसहरूको चहलपहल घटेको छ । जल तथा मौसम विज्ञान विभागले चिसो बढेका कारण पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.