खिल्जीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

खिल्जीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले खिल्जी युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। 

त्रिभुवन आर्मी क्लबले खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५- १५ ले पराजित गरेको हो। आर्मी क्लब सेमिफाइनल प्रवेश गर्ने चौथो टोली हो। 
यसअघि आज भएको पहिलो क्वाटरफाइनल खेलमा टिपटप हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। 

दोस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। 
तेस्रो क्वाटरफाइनल खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले नेपाल एपीएफ क्लबलाई ३-१ को सेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

महिला र पुरुषको सेमिफाइनल समीकरण: 

समूह ‘बी'बाट नेपाल पुलिस क्लब विजेताको रूपमा समूह ‘ए'को उपविजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ। समूह ‘बी'को उपविजेता नेपाल एपीएफ क्लबले समूह ‘ए'को विजेता न्यु डाइमण्ड क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ। महिला र पुरुष दुवै तर्फको सेमिफाइनल खेल भोलि हुनेछ। 

शुक्रबार हुने सेमिफाइनल खेलमा महिलातर्फको पहिलो सेमिफाइनल समूह ‘ए' को विजेता टिम न्यु डाइमण्ड क्लब र समूह ‘बी'को उपविजेता टिम नेपाल एपीएफ क्लबबिच बिहान १० बजे हुनेछ। महिलातर्फको दोस्रो सेमिफाइनल खेल समूह ‘बी'को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए' को उपविजेता त्रिभुवन आर्मी क्लब बीच दिउँसो १२ बजे हुनेछ। 

पुरुषतर्फको सेमिफाइनल खेल पनि शुक्रबार नै हुँदै छन्। पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र हेल्थ नेपाल बीच हुनेछ। यो खेल दिउँसो २ बजे हुनेछ। दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र बीच हुनेछ। यो खेल दिउँसो ४ बजे सुरु हुनेछ। सेमिफाइनलको विजेता दुई टिमले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। 

यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी थिए । च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन्।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेता हुने टोलीले २ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.