मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु
झापा : झापाको अर्जुनधारामा दश दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
गत पुस ९ गते राति साढे १० बजेको समयमा अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थित दास पुल नजिकै शनिश्चरे बिर्तामोड सडक खण्डमा शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नालामा पस्दा दुर्घटना भएको थियो।
दुर्घटना परी मोटरसाइकल चालक अर्जुनधारा-६ निवासी अन्दाजी ३० वर्षीय बुद्ध तामाङ र सोही मोटरसाइकलको पछाडि सवार अर्जुनधारा-४ निवासी अन्दाजी ४० वर्षीय मोहनराज कार्की गम्भीर घाइते भएका थिए। घाइते दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल उपचार भइरहेकोमा आज दिउँसो १ बजे मोटरसाइकल चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !