अवतरण गर्ने क्रममा चालकको नियन्त्रण बाहिर गएको थियो जहाज, सबै यात्रु सुरक्षित

अवतरण गर्ने क्रममा चालकको नियन्त्रण बाहिर गएको थियो जहाज, सबै यात्रु सुरक्षित

झापा : झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार सबै यात्रु सकुसल रहेका छन्। 

अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रण बाहिर पुगेको थियो। जहाजमा ४ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए। भद्रपुर विमानस्थलमा अवतरण भर्ने क्रममा जहाज रनवेमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले बताए। उनका अनुसार सबै यात्रुको सकुसल उद्धार गरिएको छ। 

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। बुद्ध एयरको दुर्घटनापछि काठमाडौं उड्न लागेको यति एयरको जहाज समेत भद्रपुर विमानस्थलमा अड्किएको छ। घटना लगत्तै बुद्ध एयरले सूचना जारी गरेर प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.