समाचार प्रभाव

झापाका इँटा उद्योगीहरूलाई सीडीओले दिए आगो निभाउन निर्देशन

झापाका इँटा उद्योगीहरूलाई सीडीओले दिए आगो निभाउन निर्देशन
सुन्नुहोस्

झापा : सरकारको निर्णय विपरीत इँटा पोल्न सुरु गरेका झापाका चिम्नी इँटा उद्योगहरूलाई सीडीओले तत्काल आगो निभाउन निर्देशन दिएको छ । जिल्लाका केही इँटा उद्योगहरूले सरकारको निर्णय विपरीत इँटा पोल्न सुरु गरेको बारेमा अन्नपूर्ण पोस्टको अनलाइनमा समाचार प्रकाशन भए लगतै प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले यस्तो निर्देशन दिएका हुन् । 

यस बारेमा समाचार बाहिरिए लगतै जिल्ला प्रशासन कार्यालय झापाले बुधबार बिहान झापा इँटा उद्योग संघका पदाधिकारी तथा उद्योगीहरूलाई छलफलमा बोलाएका थिए । उद्योगीहरूसँग गरेको छलफल पश्चात् दुई बुँदे निर्णय भएको सीडीओ गेलालले बताए । उनका अनुसार इँटा पोल्न लगाइएको आगो तत्काल निभाउन, ननिभाएको खण्डमा कानुनी बमोजिम कारबाही गर्ने र सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिको सदस्यहरूमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रतिनिधि छन् ।

‘सरकारको निर्णय अनुसार माघ १ गतेदेखि मात्र इँटा पोल्न पाइने बारेमा छलफलमा कुरा राखेका थियौँ । केही उद्योगीहरूले थाहा पाएनौ भन्ने उत्तर पनि फर्काउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय पत्राचार गरेको बारेमा कुरा राख्दा उहाँहरू बोल्न सक्नुभएन । उहाँहरूले अब केही हुँदैन भन्ने मनसायले इँटा पोल्न सुरु गरेको बुझ्नमा आयो,’ प्रजिअ गेलालले भने, ‘इँटा पोल्न कार्य बन्द गर्न निर्देशन छलफलमै उद्योगीहरूलाई दिइसकेका छौँ, अनुगमन समितिले त्यस बारेमा अनुसन्धान गरी प्रतिवेदन बुझाउँछ र त्यही प्रतिवेदनको आधारमा कानुनी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ 

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औ बैठकले इँट्टा उद्योग सम्बन्धमा गरेको निर्णय अनुसार उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र (माघ १ गतेदेखि) सुरु गर्ने भनी घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले गत कार्तिक १४ गतेका दिन जिल्लाका सम्पूर्ण इँटा उद्योगलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थिए । 

सरकारले गरेको निर्णय कार्यान्वयन गर्न घरेलु तथा साना उद्योग कार्यालयले गरेको पत्राचारको समेत यहाँका इँटा उद्योगीहरूले अवज्ञा गरी आफूखुसी इँटा पोल्न सुरु गरेका थिए । जिल्लाका २८ वटा इँटा उद्योगमध्ये सरकारी नियमको ठाडो उल्लघंन गर्दै भद्रपुर नगरपालिका–१ पृथ्वीनगरस्थित दक्षिणकाली इँटा उद्योग झापा (डीबीआई इँटा)ले पुस १९ गतेका दिन इँटा पोल्ने कार्यको प्रारम्भ गर्‍यो । त्यही दिन राति कचकवल गाउँपालिका–७ स्थित प्रेम जी इँटा उद्योग (प्रेम इँटा) ले इँटा पोल्न सुरु गर्‍यो। पुस २१ गते भद्रपुर–१ स्थित गणेश इँटा उद्योग (नायक इँटा) ले इँटा पोल्न थाल्यो । 
त्यसपछि भद्रपुर–९ स्थित खुश्वु इँटा उद्योग (केबीआई इँटा) मेचीनगरस्थित बुद्ध इँटा उद्योग (बिबिसी), कचनकवल–७ स्थित ज्योति इँटा उद्योग (ज्योति इँटा)ले इँटा पोल्न, बाह्रदशी– ६ स्थित रिद्धि एन्ड सिद्धी इँटा उद्योग (हिमाल इँटा) र गौरादह–९ स्थित शिव शक्ति इँटा उद्योग (तेज इँटा)ले पोल्न सुरु गरिसकेका थिए ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.