मतदानस्थल पुग्न ३ दिन हिँड्नुपर्ने

मतदानस्थल पुग्न ३ दिन हिँड्नुपर्ने

गोरखा : उत्तरी गोरखाका विकट क्षेत्रका मतदानकेन्द्र पुग्न सडक पुगेको अन्तिम विन्दुबाट कम्तीमा तीन दिन हिँड्नुपर्ने बाध्यता छ। सडक सञ्जालले नछोएका दूरदराजका २५ मतदान स्थल पुग्न सडक पुगेको अन्तिम विन्दु चुमनुब्री–३ पाङसिङबाट तीन दिनसम्म पैदल हिड्नुपर्ने बाध्यता रहेको हो।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यहरूको निर्वाचनका लागि गोरखामा २२५ मतदान स्थल र ३३५ मतदान केन्द्र निर्धारण भएका छन्। तीमध्ये २४ वटा स्थल सडक सञ्जालबाट धेरै टाढा छन्। अधिकांश हिमालपारिका चुमनुब्रीका र केही धार्चेका मतदान स्थलहरू सडक सञ्जालबाट टाढा रहेका निर्वाचन कार्यालयले जनाएको छ। चुमनुब्री गाउँपालिकाका २३ र धार्चेका १ मतदान स्थल सडक सञ्जालले नछोएको ठाउँमा रहेका कार्यालयले जनाएको छ।

निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरू चुमनुब्री गाउँपालिकाका मतदान स्थल पुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता छ। सबैभन्दा टाढा चुमनुब्री–१ को साम्दो आधारभूत विद्यालय केन्द्र रहेको छ। त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री–३ पाङसिङबाट कम्तीमा तीन तथा चार दिनसम्म पैदल हिँड्नुपर्छ। त्यस्तै, सोही वडाको गौरीशंकर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ। वडा नं. ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न पनि तीन दिन हिँड्नुपर्छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री–२ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं. ७ कै बुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरू सडक पुगेको ठाउँ पाङसिङबाट दुई दिनसम्म पैदल हिँड्नुपर्छ। वडा नं. ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि मोटरबाटो पुगेको पाङसिङबाट दुई दिन पैदल हिँड्नुपर्छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बाहिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी मोटरबाट ओर्लेर एक दिनभरि पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। त्यस्तै, वडा नं. ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्ध गणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोपकेन्द्र पुग्न पनि मोटरबाट ओर्लेर अर्को एक दिन पूरै पैदल हिँड्नुपर्ने बाध्यता छ।

वडा नं. ३ को बुद्ध मावि केन्द्र, बुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सस्र्यु केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्रमा पनि सडक सञ्जालले जोडेको छैन। ती केन्द्रहरूसम्म पुग्न गाडीबाट ओर्लेर एक घण्टादेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने दूरीमा छन्।

धार्चे गाउँपालिका–१ हुलचुक मतदानकेन्द्रसम्म पनि सडक निर्माण गरिएको भए पनि मोटर नचल्ने वडाध्यक्ष रामसिङ गुरुङको भनाइ छ। बूढी गण्डकीमा पुल नहुँदा सडक खनेको भए पनि त्यहाँको इच्छा आधारभूत विद्यालय केन्द्रसम्म गाडी नपुग्ने उनको भनाइ छ। सडकबाट करिब दुई घण्टाको पैदल दूरीमा मतदानकेन्द्र रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.