पार्टी बलियो बनाउन नेतृत्व परिवर्तनका लागि तयार छु : लिङ्देन

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तनका लागि तयार छु : लिङ्देन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरू छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका हुन्।

अहिलेसम्मको सबै घटनाक्रमले,सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए । उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको,अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न,नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत,समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरूलाई दिने कर्तव्य आफूहरूको भएको उनले बताए। अध्यक्ष लिङ्देनले आगामी चुनावका लागि इमान्दारीका साथ मेहतन गर्दै निर्वाचनरूपी आन्दोलनमा होमिन अपिल समेत गरे।

त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । थापाले सनातन हिन्दू राष्ट्र,संवैधानिक राज संस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली कायमका लागि निरन्तर सडक र सदनबाट दबाब दिने धारणा राखे।

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.