यात्रुले किन खोलेका थिए विमानको आपत्कालीन ढोका ?
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको आपत्कालीन ढोका खोल्ने यात्रुले सोधपुछको क्रममा अनजानमा ढोका खोलिएको बताएका छन्।
बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन–एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपत्कालीन ढोका खोलेपछि उडान रोकिन पुगेको थियो। ढोका खोल्ने यात्रुलाई प्रहरीको जिम्मा लगाइएको थियो।
‘नियन्त्रणमा लिइएको यात्रुले ढोकाको ह्याण्डल चलाउँदा अनजानमा आपत्कालीन ढोका खुल्न पुगेको सोधपुछको क्रममा बताएका छन्,’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले भने,‘नियन्त्रणमा रहेका यात्रु उपर कारबाहीको विषयमा छलफल भइरहेको छ।’
उडान भर्न लागेको बेला गौतमले विमानको आपत्कालीन ढोका खोलेका थिए।
प्रतिक्रिया दिनुहोस !