निर्वाचन आयोग पुग्यो गगन थापा नेतृत्वको कांग्रेस

निर्वाचन आयोग पुग्यो गगन थापा नेतृत्वको कांग्रेस

काठमाडौं : गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुगेको छ। बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापा नेतृत्वको पदाधिकारीहरू विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका हुन्। सभापति थापासँगै उपसभापति विश्व प्रकाश शर्मा पनि छन्। 

थापा नेतृत्वमा कांग्रेसले पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गरेको थियो। नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न कानुनविद्सहितको टोली आयोग पुगेको हो।

विशेष महाधिवेशनबाट थापा नेतृ्त्वमा नयाँ कार्यसमिति गठन भएको छ।

विशेष महाधिवेशनले पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल,महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे,सहमहामन्त्रीमा डिला संग्रौला,प्रकाश रसाइली,बहादुरसिंह लामा, उदयशमशेर जबरा,मुक्ताकुमारी यादव,फरमुल्लाह मन्सुर,योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको छ। 

शेरबहादुर देउवा पक्षले थापा नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएको छैन। देउवा पक्षले पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै थापा र शर्मालाई निष्काशनको घोषणा गरेको छ। बुधबार निर्वाचन आयोग पुगेर नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको जानकारी समेत गराइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.