गोरखाका दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना
गोरखा : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ। शुक्रबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको हो।
सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन क्षेत्र नं. १ को कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ का लागि निर्वाचन अधिकृतको जिम्मेवारी गोरखा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले सम्हालेका छन्।
मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन कार्यालय स्थापना भएको जानकारी गराउँदै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरे।
यस्तै क्षेत्र नं. २ को निर्वाचन कार्यालय भू तथा जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइमा स्थापना गरिएको छ । गोरखा नगरपालिका ८ आलेडाँडामा अवस्थित सो कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !