स्थानीय युवाद्वारा परशुरामधाम सरसफाइ
डडेलधुरा : डडेलधुराको परशुरामधाम क्षेत्रमा स्थानीय युवाले सरसफाइ गरेका छन्। वातावरण स्वच्छताका लागि धाम क्षेत्र सरसफाइ अभियान चलाई स्थानीय युवाले माघे संक्रान्ति पर्वमा मन्दिर परिसरमा भएको फोहरमैला उठाई स्वच्छताको अभियान सञ्चालन गरेका हुन्।
माघे संक्रान्तिका दिन गंगा स्नानका क्रममा भएको फोहरमैला स्थानीय युवाले संकलन गरी खाडलमा जम्मा गरेका हुन्। धाम क्षेत्रमा दर्शनार्थीबाट फालिएको चिजवस्तुले मन्दिर परिसर फोहर देखिएको थियो।
उक्त फोहर हामीले मिलेर सफा गरेको परशुराम–५ परिगाउँका युवाहरूको भनाइ छ। मन्दिर सफा गर्दा आनन्द आएको र हजारौं भक्तजनद्वारा फालिएका पूजा सामग्री, प्लास्टिक झोला, धूप–अगरबत्ती तथा अन्य खाद्यान्न सामग्रीहरू जम्मा गरी खाडलमा पुरेको युवाहरूको भनाइ छ। यस अभियानका लागि स्थानीय अधिकार कार्यक्रमले अभिप्रेरित गरेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !