अघिल्लो निर्वाचन जितेकालाई निरन्तरता दिँदै एमालेले बारामा छान्यो उम्मेदवार

अघिल्लो निर्वाचन जितेकालाई निरन्तरता दिँदै एमालेले बारामा छान्यो उम्मेदवार
सुन्नुहोस्

सिमराः २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तीन सांसदलाई निरन्तरता दिँदै नेकपा एमालेले बारामा उम्मेदवार चयन गरेको छ। एमालेले बारा क्षेत्र नं. १ मा अच्युत मैनाली, क्षेत्र नं. २ मा बलबीर चौधरी, क्षेत्र नं. ३ मा ज्वालाकुमारी साह र क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठ (किसान)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

मैनाली, साह र श्रेष्ठ २०७९ सालको निर्वाचनमा निर्वाचित सांसद हुन्। श्रेष्ठ तत्कालीन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी अहिले एमालेमा प्रवेश गरिसकेका छन्। श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् भने साह पूर्व कृषि तथा पशुपंक्षी मन्त्री हुन्। 

२०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. १ बाट मैनालीले ३९ हजार एक सय ९५ मत पाएका थिए। मैनालीले नेपाली कांग्रेसका उमाकान्त चौधरीसँग ९ हजार एक सय ३९ मतको मतान्तरले पराजित गरेका थिए। लोकप्रिय मतसहित निर्वाचित मैनालीलाई एमालेले पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो।    

यसैगरी क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वमन्त्री साहले २० हजार दुई सय ५१ मत प्राप्त गरेकी थिइन्। एमालेले त्यसबेला बाराको अन्य निर्वाचन क्षेत्रमा जसपा नेपालसँग तालमेल गरेको भएपनि साहको क्षेत्रमा भने एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो। साहले जसपा नेपालकै रामबाबु कुमार यादवलाई दुई हजार ९ सय ७२ मतको मतान्तरले जितेकी थिइन्।  

यता बारा क्षेत्र नं. ४ मा तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ १० हजार भन्दा बढी मतको मतान्तरले विजयी भएका थिए। सात दलीय गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा श्रेष्ठले ३० हजार तीन सय ४१ मत प्राप्त गर्दा मियाँले २० हजार तीन सय ३६ मत पाएका थिए। 

बारा क्षेत्र नं. २ मा भने एमालेले केन्द्रीय सदस्य बलबीर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए। त्यसबेला बारा ६ वटा क्षेत्रमा विभाजित थियो। २०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. २ मा एमालेले जसपा नेपालका उम्मेदवार रामसहाय यादवलाई सहयोग गरेको थियो। यादव १३ हजार आठ सय २२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। यादव अहिले उपराष्ट्रपति छन्। 

उनि उपराष्ट्रपतिमा निर्वाचित भएसँगै २०८० सालमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा सप्तरी २ बाट पराजित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा २ बाट चुनाव लडेका थिए। उक्त निर्वाचनमा यादव २८ हजार चार सय १८ मत प्राप्त गर्दै विजयी भएका थिए। पछिल्लो दुई निर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार खडा नगरेको एमालेले यसपटक चौधरीलाई अघि सारेको हो।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.