रास्वपा महामन्त्री बुर्लाकोटीले गराए गोरखा- २ बाट मनोनयन दर्ता
गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले गोरखा- २ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार गोरखा क्षेत्र नं २ को कार्यालय पुगेर महामन्त्री बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा हरिशरण आचार्य र समर्थक सुकबहादुर तामाङ रहेका छन् ।
मनोनयन दर्ता गर्नुअघि सो पार्टीले नारा जुलुससहित नगर परिक्रमा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !