केपी ओलीले झापा ५ मा गराए मनोनयन दर्ता
झापा : झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्।
दमकस्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराएका हुन्। उनको समर्थकमा मेनुका काफ्ले र प्रस्तावकमा रोमनाथ ओली छन्।
ओली दमक चोकबाट र्याली लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यस पटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चामा छ। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र शाह (बालेन) उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !