रुपन्देही प्रशासनले भन्यो- माघ १५ गतेभित्र घरमा भएका हतियार प्रहरी कार्यालयलाई बुझाउनू

रुपन्देही प्रशासनले भन्यो- माघ १५ गतेभित्र घरमा भएका हतियार प्रहरी कार्यालयलाई बुझाउनू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा :  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त हातहतियार बुझाउनका लागि आग्रह गरेको छ ।

निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू बुझाउनका लागि आग्रह गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाध पाध्याले जनाए ।

माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन सकिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । बुझाइएको हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापछि फिर्ता गर्न सक्ने र नबुझाए कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.