सिमरा: बाराको परवानीपुरमा मंगलबार राति धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या भएको छ । परवानीपुर गाउँपालिका- १ रहरियाडीमा ४५ वर्षीया सुमित्रा देवी र २८ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो ।
घटनामा सुमित्रा देवीका श्रीमान् जगरुप महतो र छोरी किरण कुमारी घाइते भएका छन् । उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार राती करिब १२ बजेको समयमा घटना भएको हो । हतियार कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।
आमा र छोराको शव घरभित्रै रहेको र तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
३