आमा-छोरा हत्या प्रकरण: सोधपुछका लागि बुहारी प्रहरीको नियन्त्रणमा
सिमरा : बाराको परवानीपुरमा भएको आमा छोराको हत्या प्रकरणमा प्रहरीले बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो ।
परवानीपुर गाउँपालिका- १ रहरीयाडीमा मंगलबार राती भएको घटनामा ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घटनामा सुमित्रादेवीका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
३