मेचीनगरमा दुईवटा मोटरसाइकल ठोकिँदा महिलाको मृत्यु

मेचीनगरमा दुईवटा मोटरसाइकल ठोकिँदा महिलाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल ठोकिँदा घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ गरामनीकी ५४ वर्षीया कल्पना भण्डारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

माघ ११ गते दिउँसो १:३० बजे मेचीनगर- ७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड-७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती कल्पना गम्भीर घाइते भएकी थिइन्। टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो। 

उनको आज बिहान १०:१५ बजे उपचारको क्रममा मृत्यु भएको हो। ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ निवासी ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.