६० प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा अनुत्तीर्ण

६० प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा अनुत्तीर्ण
सांकेतिक तस्बिर।

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ६० प्रतिशत  चिकित्सक फेल भएका छन्। काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवका अनुसार, ३९ दशमलव ४५ प्रतिशत चिकित्सक मात्र नाम दर्ता (लाइसेन्स) परीक्षामा उत्तीर्ण भएका छन्।

काउन्सिलको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ९ सय ४३ जना सहभागी थिए। जसमध्ये ३ सय ७२ जना मात्रै पास भएका छन्। ५ सय ७१ जना फेल भएका छन्। मंगलबार र बुधबार लाइसेन्स परीक्षा लिइएको हो। २४ जना परीक्षामा अनुपस्थित थिए। परीक्षा फारम ९ सय ६७ जनाले भरेका थिए।

मेडिकल (एमबीबीएसतर्फ) ७ सय ९३ जनाले फारम भरेकामध्ये १८ जना परीक्षामा अनुपस्थित भएका थिए। ७ सय ७५ जना सहभागीमध्ये ३ सय जना पास भएका छन्। ४ सय ७५ जना फेल भएको काउन्सिलले जनाएको छ। मेडिकलतर्फ ३८ दशमलव ७१ प्रतिशत विद्यार्थी पास भएका छन्। त्यस्तै डेन्टल (बीडीएस)तर्फ १ सय ७४ जनाले फारम भरेकोमा ४२ दशमलव ८६ प्रतिशत पास भएका छन्। परीक्षामा ६ जना अनुपस्थित थिए। परीक्षामा सहभागीमध्ये ७२ जना पास भएका छन्। ९६ जना फेल भएको काउन्सिलले जनाएको छ।

  •  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा मात्र  करिब ६०% अनुत्तीर्ण।
  •     कुल ९४३ जना सहभागीमध्ये ३७२ पास र ५७१ फेल भएका छन्। २४ जना अनुपस्थित रहे।
  •     एमबीबीएसतर्फ ७७५ जना सहभागीमध्ये ३०० मात्रै पास।
  •     बीडीएसतर्फ १६८ जना सहभागीमध्ये ७२ मात्रै पास।

चिकित्सा शिक्षाविद्हरू चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीहरूमध्ये झन्डै ४० प्रतिशतमात्र सैद्धान्तिक परीक्षामा उत्तीर्ण हुनुले चिकित्सा शिक्षाको गुणस्तरमा खस्किँदै गएको पुष्टि हुने बताउँछन्। समयमै संवेदनशील नहुँदा भविष्यमा स्वास्थ्य उपचारमा गम्भीर असर पर्नेमा शिक्षाविद्हरूको चिन्ता छ। त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन प्राडा जगदीशप्रसाद अग्रवाल चिकित्सा शिक्षाको गुणस्तर खस्कँदा झन्डै ६० प्रतिशत विद्यार्थीहरू सैद्धान्तिक परीक्षामा अनुत्तीर्ण भएको बताउँछन्। प्राडा अग्रवाल भन्छन्, ‘एकातिर कमसल खालका विद्यार्थीलाई पनि भर्ना गर्ने प्रवृत्ति छ।

अभिभावकहरू पनि सन्तान डाक्टर भएको हेर्ने चाहना छ। अर्कोतिर चिकित्सा शिक्षाको पठनपाठन र गुणस्तरमा ध्यान पुग्न सकेको छैन। जसका कारण चिकित्सा शिक्षा अध्ययन गरेका अधिकांश विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएका हुन्।’ चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान नदिने हो भने भविष्यमा झन् निराशाजनक नतिजा आउन सक्ने प्राडा अग्रवालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.