वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अब अनलाइन उजुरी, मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सकिने

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अब अनलाइन उजुरी, मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सकिने
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरु गरेको छ । मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिभागमा पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।

मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । उनले  पीडितहरूले मोबाइल÷कम्प्युटरमार्फत उजुरी र प्रमाण दर्ता गर्न सक्ने र उजुरी दर्ता भएपछि आवेदकले इमेल÷सन्दशमार्फत प्राप्त ट्रयाकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सक्ने बताए ।

मन्त्री यादवले २०५७ सालदेखि थन्किएर रहेका ४० हजार बढी पुराना उजुरीका फाइलहरूलाई मिलाएर डिजिटलाइज गर्ने काम समेत भइरहेको उल्लेख गरे । वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनको भनाइ छ । उनले प्रहरी र अनुसन्धान निकायहरूसँगको समन्वयमा ठगी गर्ने व्यक्तिहरूलाई जहाँ भए पनि कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए । त्यसअघि मन्त्री यादवले वैदेशिक रोजगार विभागको काम कारवाहीको अनुगमन समेत गरेका थिए । सो क्रममा उनले सेवाग्राहीका गुनासा सुनेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.