स्याङ्जामा एक हजार ७९१ किशोरीलाई एचपीभी खोप

स्याङ्जामा एक हजार ७९१ किशोरीलाई एचपीभी खोप

स्याङ्जा : पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।फागुन ४ र ५ गते जिल्लाभरका १,७९१ किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

खोप लगाउनेमध्ये १,७९० जना विद्यालय जाने किशोरी हुन् भने एक जना विद्यालय नजाने अर्जुनचौपारीका किशोरी रहेको कार्यालयले जनाएको छ ।स्याङ्जाका २३४ विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नगएकाको लागि १० वर्ष उमेर समूहका किशोरीलाई सो खोप दिइने भएको छ । खोपका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरी लगाइने भएको छ ।

अघिल्लो वर्ष खोप लगाउन छुटेका अहिले कक्षा ७ देखि १० सम्मका अध्ययनरत छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने जनस्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीको भनाई छ ।

जिल्लाका ११ वटै स्थानीय पालिकाभर २३४ स्वास्थ्यकर्मी र त्यतिकै संख्यामा स्वयंसेवक परिचालन गरिने भएकोे सूचना अधिकारी विनोदप्रसाद भट्टले जानकारी गराए । खोप लगाउन छुटेका लक्षित बर्गलाई थप एक सातासम्म समेट्ने व्यवस्था गरिएको पनि उनले बताए ।

जनस्वास्थ्य कार्यालयका अनुसार, पुतलीबजार नगरपालिकाका २९५, वालिङका ४०४, भीरकोटका १६९, गल्याङका २०१, चापाकोटका १६२ जना किशोरीलाई खोप दिइने भएको छ । यसैगरी, फेदीखोला गाउँपालिकाका १०३, आँधीखोलाका ८६, अर्जुनचौपारीका १०९, बिरुवाका ७२, हरीनासका ८० र कालीगण्डकीका ११० किशोरीलाई खोप लगाइने हो ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये दोस्रो स्थानमा रहेको स्वास्थ्यकर्मीका भनाई छन् । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने भएको हो । नेपालमा वार्षिक २ हजार नेपाली महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताइएको छ । 
 

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने र ९८ प्रतिशतभन्दा बढी खोपको प्रभावकारिता रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । गत बर्ष अभियानका रुपमा लगाउँदै आएको एचपीभी खोप यस बर्षदेखि नियमित रुपमा रुपमा लगाइने भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.