प्रकाश पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रकाश पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको जानकारी दिए। 

फिलिपिन्समा बसेर इमेलमार्फत् भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई बुधबार बिहान प्रहरी टोलीले नेपाल ल्याएको हो । नेपालमा चारवटा मुद्दा खेपिरहेका पाठकले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई)अन्तरगतको फरार अभियुक्त खोजी युनिटले डिसेम्बर ३१ मा मालोलोस सहरबाट  पक्राउ गरेको थियो। 

बीआईले पाठकको फोटोसहित विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको थियो। जिल्ला अदालत काठमाडौंले आपराधिक विश्वासघातको कसूरमा पक्राउ पूर्जी जारी गरेको थियो।

पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्रको लागि इन्टरपोल डिफ्युजन नोटिस पनि जारी गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.