पावरप्लेमा नेपालको ब्याटिङमा संघर्ष
मुम्बई : आइसीसी टी–२० विश्वकप २०२६ मा वेस्ट इन्डिजसँग नेपालको ब्याटिङ संघर्षपूर्ण रहेको छ । मुम्बईको वानखेडे स्टेडियममा नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २२ रन बनाएको हो ।
नेपालको पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल १ रनमा पहिलो ओभरमै अकेल होसेनको बलमा बोल्ड भए । दोस्रो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल म्याथ्यू फोर्डेको बलमा एलबीडब्ल्यू भए। उनी ५ रनमै पेभेलियन फर्किए। चौथो ओभरमा रोहितको विकेटसहित फोर्डेले विकेट मेडन ओभर फाले ।
तेस्रो विकेट ओपनर आसिफ शेख क्याच भए । आसिफले भने २ चौकासहति १० बलमा ११ रन बनाएका थिए । ६ ओभरको खेल सकिँदा नेपालका लागि दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख २ रन बनाएर खेलिरहेका छन् । वेस्ट इन्डिजका लागि बलिङमा अकेल होसेन, म्याथ्यू फोर्डे र ज्यासन होल्डरले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !