विश्वकप

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको विजयी लक्ष्य

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको विजयी लक्ष्य
तस्बिर : क्यान

मुम्बई : आइसीसी टी २० विश्वकप २०२६ मा मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो। 

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सातौं विकेटको लागि उनले सोमपाल कामीसँग ५४ रनको साझेदारी गरेका थिए। 

नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल १ रनमा पहिलो ओभरमै अकेल होसेनको बलमा बोल्ड भए। दोस्रो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल म्याथ्यू फोर्डेको बलमा एलबीडब्ल्यू भए। उनी ५ रनमै पेभेलियन फर्किए। चौथो ओभरमा रोहितको विकेटसहित फोर्डेले विकेट मेडन ओभर फाले । 

तेस्रो विकेट ओपनर आसिफ शेख क्याच भए। आसिफले भने २ चौकासहित १० बलमा ११ रन बनाएका थिए। 

पावरप्लेमा ३ विकेट गुमाउँदै २२ रन बनाएको थियो । १० ओभरमा ४ ओभरको क्षतिमा ४२ रन बनाएको थियो। ११.२ ओभरमा ऐरीले गुडकेश मोतीलाई छक्का प्रहार गर्दै नेपालको ५० रन पूरा गरेका थिए। पाँचौं विकेट लोकेश बमको गयो । उनले १३ रन बनाएर विकेटकिपरको हातमा क्याच भए। त्यसपछि गुल्सन झा र ऐरीले छैटौं विकेटको लागि २७ रनको सानो साझेदारी बनाए। 

१७.४ ओभरमा ६ विकेटको क्षतिमा १०० रन पूरा गरेका हुन्। १८ औं ओभरमा सोमपाल कामीले ३ वटा लगातार चौकासहित १६ रन बनाए। सातौं विकेटको रुपमा दीपेन्द्र सिंह ऐरी क्याच भए। सोमपाल कामी २६ रनमा अविजित रहे। आठौं विकेटको रुपमा करण केसी अन्तिम बलमा क्याच भए। 

वेस्ट इन्डिजका लागि बलिङ तर्फ ज्यासन होल्डरले सर्वाधिक ४ विकेट लिए। अकेल होसेन, म्याथ्यू फोर्डे, शमर जोसेफ र रोस्टन चेजले १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.