घाइते अवस्थामा भेटिएका अपरिचित युवाको मृत्यु

घाइते अवस्थामा भेटिएका अपरिचित युवाको मृत्यु

गोरखा : शनिबार साँझ गोरखामा घाइते अवस्थामा भेटिएका एक अपरिचित युवाको उपचारका क्रममा मृत्यु भएको छ। गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर अस्पताल लगिएको उनको आइतबार बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

‘गस्तीमा खटिएको प्रहरीको टोलीले शनिबार बेलुका साँढे ७ बजेतिर गोरखा नगरपालिका-६ हटियाथोकस्थित बाटोमा एकजना अन्दाजी ३५ वर्षको जति देखिने युवकलाई टाउकोमा चोट लागी घाइते भएर लडिरहेको अवस्थामा फेला पारेको थियो’, डीएसपी राजकुमार श्रेष्ठले भने, ‘उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइयो। त्यहाँबाट पनि थप उपचारका लागि भरतपुर अस्पताल चितवनमा पठायो। 

उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो। उनको शव भरतपुर अस्पताल चितवनको शव गृहमा सुरक्षित राखिएको छ। प्रहरीले कोही कसैको चिने जानेको वा आफन्त भए प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.