सामागाउँ र साम्दोमा बल्यो बिजुली

सामागाउँ र साम्दोमा बल्यो बिजुली
सुन्नुहोस्

गोरखा : अन्धकारमा रात बिताउन थालेको तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बल्ल बिजुली बत्ती बाल्न पाएका छन्। बिग्रिएको सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मत सम्भारपछि केही दिनअघिदेखि बत्ती बाल्न थालिएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए। हिमालपारि अवस्थित सामागाउँ र साम्दोका बासिन्दा ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन्। 

मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका-१ अवस्थित सामागाउँ र साम्दोसम्म मोटरबाटो छैन। ‘धेरै सकस ब्यहोरेर बल्लतल्ल मर्मत गरियो’, लामाले भने, ‘नेपालमा मर्मत हुन सकेन। भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो।’ मोटरबाटो नपुगेको सो गाउँमा मर्मत गरिएको उपकरण हेलिकोप्टरमा ढुवानी गरेर गाउँमा पुर्‍याइएको उनको भनाइ छ। ‘गाउँमा मोटरबाटो छैन। खच्चडले बोक्न सक्दैन। त्यसैले बिग्रिएको उपकरण मर्मत गर्न ल्याउँदा पनि हेलिकोप्टरबाटै ढुवानी गरेर ल्याइएको हो। मर्मत गरेर लैजाँदा पनि हेलिकोप्टरबाटै ढुवानी गरिएको हो’, वडाध्यक्ष कर्मा छेवाङले भने, ‘हेलिकोप्टरमा ढुवानी गर्दा ज्याला पनि निकै धेरै लाग्यो। जे भए पनि ल्होसारमा बत्ती बाल्न पाइयो। गाउँलेहरू सबै खुसी भएका छौं।’ 

चुमनुब्री–१ सामागाउँ र साम्दोका करिब तीन सय घरधुरी बासिन्दाका लागि कादुरी नामक संस्थाले पाँच वर्षअघि सामागाउँ जलविद्युत् आयोजनाबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.