चुनावका बेला चुमभ्याली ५ दिनदेखि सञ्चार सम्पर्कविहीन

चुनावका बेला चुमभ्याली ५ दिनदेखि सञ्चार सम्पर्कविहीन
सुन्नुहोस्

गोरखा : देशभर चुनावको माहोल छ, तर उत्तरी गोरखाको चुमभ्याली विगत पाँचदिनदेखि सञ्चार सम्पर्कविहीन हुँदा चुनावको चहलपहलबाट वञ्चित भएको छ। चुमनुब्री गाउँपालिका वडा नं. ६ का गाउँबस्ती र वडा नं. ७ का गाउँबस्ती गत सोमबारदेखि इन्टरनेट र मोबाइलविहीन भएको पासाङफुञ्जो लामाले जानकारी दिए।

फोन र इन्टरनेट दुवै नचल्दा लामो समयदेखि चुमभ्याली सञ्चार सम्पर्कविहीन भएको उनको भनाइ छ। हिमालपारिका गाउँबस्तीमा अहिले ल्होसार पर्व चल्दैछ। जाडो छल्न काठमाडौं झरेका सो भेगका बासिन्दा र गाउँमा रहेकाहरु बीच सञ्चार सम्पर्क नहुँदा ल्होसार खल्लो भएको अर्का स्थानीय दोर्जे लामाको भनाइ छ। ‘अहिले हाम्रो गाउँमा ल्होसार चलिरहेको छ। यतिबेला परिवारका आधाजसो सदस्यहरू काठमाडौंमा छन्। कोही विदेशमा पनि छन्। कोही घरमा छन्’, दोर्जे भन्छन्, ‘जहान परिवार, इष्टमित्रसँगै बसेर ल्होसार मनाउन नपाए पनि भिडियो कलमा हाँस्दै बोल्दै ल्होसार मनाउने गरिन्थ्यो। यो ल्होसारमा पाइएन।’

चुनावका बेला गाउँमा फोन पनि इन्टरनेट पनि नचल्दा गाह्रो भएको चुमनुब्री ६ लोक्पाका सेराप गुरुङको भनाइ छ। ‘हामी हिमालपारि भोटखोलाका मान्छे, नेताहरु पनि गाउँमा आउँदैनन्, तल सहरतिर के-के भइरहेको छ भनेर कुराकानी गर्न मोबाइल पनि बन्द भयो, इन्टरनेटमा हेर्न पनि पाइएन।’ अहिलेसम्म यातायातको सेवा पनि नभएको र सञ्चार सम्पर्क पनि नहुँदा दुर्गमका बासिन्दा पीडित भएको उनको भनाइ छ। ‘अझै कति दिनसम्म सेवाबाट वञ्चित हुनुपर्ने हो थाहा छैन’, उनको पिरालो छ।

चुमनुब्री ६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, लोक्पा, यार्चोक, ताजु, खारगुम्बामा ८०५ जना बासिन्दाको बसोबास छ। चुमनुब्री ७ को छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे, पाङदुन, छुले, निले लगायतका गाउँमा ८१२ बासिन्दाको बसोबास छ। नेपाल टेलिकमको मोबाइल र एनटिसीकै फोरजी सेवा मात्र उपलब्ध यहाँ अहिले, फोन र इन्टरनेट नचल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। नेपाल टेलिकम गोरखाका सन्दीप ढकालले भने फोन र इन्टरनेटविहीन भएको बारे आफू जानकार रहेको भन्दै मर्मत सम्भारको प्रयास गरिरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.