धादिङ बस दुर्घटना अपडेट : मृत्तक १९ पुगे, २५ घाइते उपचाररत

धादिङ बस दुर्घटना अपडेट : मृत्तक १९ पुगे, २५ घाइते उपचाररत

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटका प्रहरी इकाइहरू घटनास्थलमा खटिएका थिए । उद्धार कार्यमा नेपाली सेनाको भैरव गण गजुरी, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको टोली तथा स्थानीयवासीसमेत सहभागी भएका थिए ।

बसमा चालकसहित कुल ४४ जना यात्रु सवार रहेका थिए, जसमा २९ पुरुष र १५ महिला थिए । हालसम्म १९ जनाको मृत्यु पुष्टि भएको छ भने २५ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । प्रारम्भिक उपचारका लागि घाइतेहरूलाई मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङवेशी पठाइएको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज, कलंकीमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूको विवरण

दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय ब्रिटिश नागरिक Stewart Dominic Ethan, कास्की पोखरा–३० का करिब ४० वर्षीय विवेक बस्तोला, स्याङ्जा वालिङ–१४ घर भई हाल काठमाडौं नागार्जुन–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँ व्यास–४ का करिब ४० वर्षीय ओमकुमार मल्ल, धादिङ त्रिपुरासुन्दरी–४ का करिब ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँ शुक्लागण्डकी–७ मालेबगरकी करिब ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं–६ बौद्ध टुसालका करिब ४२ वर्षीय लोप्साङ गोले, तनहुँ भीमान–६ का करिब ४५÷४६ वर्षीय हरिप्रसाद सिग्देल, पाल्पा तानसेन–२ का करिब ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।

यसैगरी केही मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक करिब ३०-३२ वर्षीय पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य अज्ञात मृतकहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिला रहेका छन्, जसको पहिचान खुलाउने प्रयास जारी रहेको छ । केहीको हातमा रहेको ट्याटु (जस्तै Roheeit लेखिएको तथा चमेरो र गितारको आकृति) का आधारमा सनाखत प्रक्रिया अघि बढाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइते

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १४ जना घाइते उपचाररत छन्। उनीहरूमा एन्जी शेर्पा (काठमाडौं–६), विवेक मानन्धर (झापा अर्जुनधारा–६), पूजा फुयाल (गोकर्ण), सोमप्रसाद मल्ल (तनहुँ शुक्लागण्डकी–४), सतिन्द्र सुनार (स्याङ्जा), चीनकी १२ वर्षीया लिसी हाबु, प्रदीप लामिछाने (स्याङ्जा आदिखोला–२), नर्बु पाल्डेन (बौद्ध), मानबहादुर थापा (तनहुँ म्याग्दी–६), सलिना परियार (कास्की पोखरा–१९), सुकमाया श्रेष्ठ (तनहुँ व्यास–५), सदिक्षा हमाल (शुक्लागण्डकी–१२), सोर्निमा खत्री (संखुवासभा धर्मदेवी–५) र कृतराज मानन्धर (ललितपुर इमाडोल) रहेका छन्। अधिकांशको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था गम्भीर छ।

नेशनल मेडिकल कलेज, कलंकीमा उपचाररत घाइते
नेशनल मेडिकल कलेज कलंकीमा १० जना घाइते उपचाररत छन् । संगम मल्ल (धादिङ त्रिपुरासुन्दरी–२), प्रमिला भट्टराई बास्तोला (कास्की पोखरा–३०), सुबिन मल्ल (तनहुँ शुक्लागण्डकी–४), डम्बरबहादुर बिक (स्याङ्जा फेदिखोला–४), प्रतिक पौडेल (कास्की पोखरा–२७), कृष्ण तिवारी (पूर्वी नवलपरासी कावासोती–२), संगम गुरुङ (कास्की पोखरा–३२), राजेन्द्र बिसुन्खे (धादिङ धुनेबेशी–४), चन्द्र फुयाल (काठमाडौं–१०) र राजेश कवर (सितापाइला) रहेका छन्। केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

टिचिङ अस्पताल मलेखु

टिचिङ अस्पताल मलेखुमा २७ वर्षीया न्यूजिल्याण्डकी नागरिक Mari Evaide सामान्य घाइते अवस्थामा उपचाररत रहेको जनाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे सूक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको देखिए पनि प्राविधिक जाँच र बयानका आधारमा थप निष्कर्ष निकालिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.