अमेरिकाले निष्काशन गरेका १२० भन्दा बढी नेपालीलाई चार्टड विमानमार्फत ल्याइँदै

अमेरिकाले निष्काशन गरेका १२० भन्दा बढी नेपालीलाई चार्टड विमानमार्फत ल्याइँदै
सांकेतिक तस्बिर ।

काठमाडौं : अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो।

दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि अमेरिकाले निष्काशन गरेका नेपालीलाई विमानमार्फत ल्याउँदै गरेको पुष्टि गरेको छ।

स्रोतका अनुसार उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्। अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरेको छ भने धेरै हुँदा चार्टर विमानमार्फत पठाउने गरेको छ। निष्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा परेका छन्। नेपालीहरू विभिन्न मुलुक हुँदै पानामा सीमाबाट अमेरिकामा गैरकानुनी प्रवेश गर्ने गरेका छन्। नेपालीहरूले आफ्नो ज्यानको जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुग्ने गरेपश्चात सरकार र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा परेर गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न अपिल गर्दै आएको छ। पछिल्लो समय नेपालबाट अमेरिका जाने नेपालीलाई समेत भिसामा कडाई गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.