तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणको आरोप, प्रहरीले थाल्यो अनुसन्धान

तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणको आरोप, प्रहरीले थाल्यो अनुसन्धान
सुन्नुहोस्

काठमाडौं : प्रहरीले तुल्सा कलेक्सनका सञ्चालिका तुल्सी अधिकारीमाथि आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान सुरु गरेको छ। कुमार चिमोरियाले जाहेरी दिएपछि प्रहरीले उनीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसमेत कसूरमा अनुसन्धान सुरु गरेको हो।

ललितपुर प्रहरी परिसरका अनुसार कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकबाट सुझावसहित फागुन १९ गते तुल्सी अधिकारी भन्ने व्यक्तिका नाममा उजुरी दर्ता भएको देखिएको र उजुरी संलग्न नागरिकता नाम तुल्सी अधिकारीसँग मेल खाएको प्रहरीको भनाइ छ। 

'सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धान गर्दा सम्बद्ध कसूरबाट प्राप्त गरेको सम्पत्ति रुपान्तरण, हस्तान्तरणलगायत ऐनको दफा ३ उपदफा ९१० को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित क्रियाकलापहरूको विद्यमानता समेत विश्‍लेषण गरी कसूर स्थापित हुने तथ्यपरक आधार एवं प्रमाणहरू समेत संकलन गर्न हुन भनि सुझाव पठाइएको उजुरी निवेदन प्राप्त भई सम्पत्ति सुद्धीकरण समेतमा अनुसन्धान सुरु भएको,' ललितपुर प्रहरी परिसरले भनेको छ।

कानुनबमोजिम अनुसन्धान भइरहेको विषयउपर अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्नेतर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जवाफदेहीता बहन गर्न प्रहरीले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.