चरौंदीको कालो रात: ढकाल दम्पत्ति र इन्जिनियर ठकुरीको अधुरो यात्रा

चरौंदीको कालो रात: ढकाल दम्पत्ति र इन्जिनियर ठकुरीको अधुरो यात्रा
सुन्नुहोस्

धादिङ:  धादिङको बेनिघाट रोराङ गाउँपालिका –५ चरौंदी नजिक भैंसेडाँडामा भएको बस दुर्घटनाले धेरै परिवारको उज्यालो एकैछिनमा निभायो। पृथ्वी राजमार्ग हुँदै पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित हुँदा १९ जनाले ज्यान गुमाए। तीमध्ये दुई थिए—शुक्लागण्डकी नगरपालिका–७, मालेबगरका रुद्रप्रसाद ढकाल र उनकी जीवनसंगिनी विष्णुमाया ढकाल।

बुहारी भेट्न निस्किएको यात्रा, अन्तिम भेटमै सीमित

रुद्रप्रसाद ढकाल आफ्नी श्रीमती विष्णुमायालाई लिएर काठमाडौं बुहारीकहाँ जाँदै थिए। परिवार भेट्ने, केही दिन सँगै बस्ने र खुसी साट्ने योजना थियो। तर नियतिले अर्कै मोड रोज्यो। दुर्घटनाको खबरसँगै परिवारमा शोकको आँधी चल्यो।

दुवै जनाको शव अहिले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ। उनका दुई छोरा विदेशमा रहेकाले उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने आफन्त दीपक पौडेलले बताएका छन्। छोराहरू मंगलबार साँझसम्म काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ। आमा–बुवाको अन्तिम दर्शन गर्न विदेशबाट हतारिँदै फर्किरहेका ती छोराहरूका लागि यो यात्रा कति पीडादायी छ, अनुमान गर्न गाह्रो छैन।

सपनासँगै रोकिएको एक युवा इन्जिनियरको बाटो

उही दुर्घटनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटका ३० वर्षीय इन्जिनियर विशेष ठकुरी (इन्जिनियर ठकुरी भनेर चिनिने) को पनि निधन भयो। कामको सिलसिलामा पोखरा पुगेका उनी काठमाडौं फर्कँदै थिए। परिवारका लागि आशा, समाजका लागि सम्भावना बोकेका एक युवाको यात्रा त्यहीँ टुंगियो।

उनका आफन्त र गाउँलेहरू भन्छन्वि-शेष मेहनती, शालीन र भविष्यप्रति दृढ विश्वास राख्ने युवा थिए। गाउँमा नयाँ पुस्ताका प्रेरणास्रोत मानिने उनी अब सम्झनामा मात्र सीमित भए।

शोकमा डुबेको धादिङ

यो दुर्घटनाले धादिङ मात्र होइन, तनहुँ र आसपासका जिल्लासमेत स्तब्ध बनाएको छ। एउटै बस, एउटै रात, तर कति परिवारका कथा फरक–फरक तरिकाले टुटे। कसैका आमा–बुवा सधैंका लागि टाढा भए, कसैको सपनाको सहयात्री हराए।

चरौंदीको त्यो कालो रातले फेरि सम्झायो-यात्रा कहिलेकाहीँ गन्तव्यमा होइन, सम्झनामा टुंगिन्छ। ढकाल दम्पत्ति र इन्जिनियर ठकुरी अब शब्द, तस्वीर र आँसुमै बाँच्छन्। तर उनीहरूको माया, योगदान र सपना भने परिवार र समाजको मनमा सधैं जीवित रहनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.