आज देशका यी स्थानमा हुने छ वर्षा
काठमाडौं : आज तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।
बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !