निर्वाचनको तयारी अन्तिम चरणमा पुग्यो : आयोग

निर्वाचनको तयारी अन्तिम चरणमा पुग्यो : आयोग
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताए । उनले निष्पक्ष निर्वाचन गराउन जिल्ला जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी गराए।

निर्वाचनको सुरक्षाका लागि प्रयाप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरेको र कुनै सुरक्षा चुनौति नदेखिएको उनले बताए। त्यस्तै सचिव राउतले पारदर्शी निर्वाचन खर्च सुनिश्चित गर्न र वित्तीय अनुशासन कायम राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन खाता खोल्ने अनिवार्य प्रावधान गरेको समेत जानकारी गराए।

उनले निर्वाचन सफलतापूर्वक र समयमै सम्पन्न गर्न छिमेकी र मित्र राष्ट्रहरूबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ,निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको र निर्वाचन तयारी अन्तिम चरणमा पुगेको बताए। छलफलका क्रममा कूटनीतिक नियोगका प्रतिनिधिहरूले निर्वाचन केन्द्रित जिज्ञासा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.