वेस्ट इन्डिजलाई फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

वेस्ट इन्डिजलाई फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

काठमाडौं : आइसीसी टी२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको छ। वेस्ट इन्डिजमाथि फराकिलो जित निकालेसँगै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ। यो जितसँगै दक्षिण अफ्रिकाले जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। वेस्ट इन्डिजको भने यो पहिलो हार हो।

बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको हो। 

वेस्ट इन्डिजले दिएको १७७ रनको विजयी लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाको जितमा कप्तान एडम माक्रमले सर्वाधिक ८२ रनको आक्रमक पारी सहित अविजित रहे। उनले ४६ बलमा सात चौका र छ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले क्विन्ट अन्टीको अकसँग ९५ रनको साझेदारी गरेका थिए। यी दुईको साझेदारीले नै दक्षिण अफ्रिकालाई जित नजिक पुर्याएको थियो। वान डाउन आएका र्यान रिकेल्टनले ४५ रनको अविजित पारी खेले। उनले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे। 

वेस्ट इन्डिजका लागि एकमात्र विकेट रोस्टन चेज लिए। पहिलो इनिङमा ब्याटिङ गरेको वेस्टन डिजले निकै खराब सुरुवात गरेको थियो। ८३ मा ७ को अवस्थामा रहेको वेस्टर्नलिजका लागि रोमारियो शेफर्ड र जेसन होल्डरले आठौं विकेटका लागि ८९ रनको साझेदारी बनाएका थिए। वेस्ट इन्डिजका लागि रोमारियो सेफ्हडले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी सहित अविजित रहे। उनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरे।

ओपनरद्वय ब्रान्डन किङ र सेइ होपले क्रमश: २१ र १६ रन बनाए। त्यसपछि आएका ३ ब्याटर सस्तैमा पेबिलियन फर्किए सिम्रोन हेटमायर, रोभ्मन पावेल र  रोस्टन चेज दोहोरो अङ्कको रन जोड्न नसक्दै पेभेलियन फर्किए। शेरफान रुथरर्फोडले १२ रन बनाए। जेसन होल्डरले ४९ रनको पारी खेले। दक्षिण अफ्रिकाको लागि लुङ्गी एनगिडीले सर्वाधिक ३ विकेट लिँदा कगिसो रबाडा र कार्बिन बोसले २-२ विकेट लिए। 

आजको दोस्रो सेमिफाइनल खेलमा यदि भारतले जिम्बाब्वेलाई हराएको खण्डमा दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गर्नेछ। यदि जिम्बाब्वेले भारतलाई पराजित गरेको खण्डमा भने सेमीफाइनलको आँकडा स्पष्ट हुन अझै अर्को खेल कुर्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.