गोरखामा शंकास्पद वस्तु भेटियो
गोरखा : गोरखाको थालाजुङमा शुक्रबार शंकास्पद वस्तु फेला परेको छ । सिरानचोक गाउँपालिका- २ थालाजुङ महिपतेस्थित कच्ची सडकमा शुक्रबार दिउँसो करिब दुई बजेतिर शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘ब्याट्रीजस्तो देखिने,टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ भन्ने स्थानीयबासीको खबर पाएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएका छन्’,डीएसपी राजकुमार श्रेष्ठले भने,‘संयुक्त सुरक्षा टोली पुगेपछि त्यसको वास्तविकता थाहा हुनेछ ।’
प्रतिक्रिया दिनुहोस !