टी-२० विश्वकप : फाइनलका लागि चार अनुभवी टोलीको भीडन्त
काठमाडौं : आइसीसी टी-२० विश्वकप २०२६ को शीर्ष ४ टोलीको टुंगो लागेको छ। ४ टोली जसले विश्वकपको कम्तीमा १ पटक फाइनल खेलेको अनुभव राख्छन्। साविक विजेता भारतसहित, उपविजेता बनेको दक्षिण अफ्रिकासँगै इङ्ल्यान्ड र न्यूजिल्यान्ड रहेका छन्।
साविक विजेता भारत समूह ए मा रहेर विजेताको रूपमा सुपर ८ मा प्रवेश गरेको थियो। भारतले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्दैछ। इङ्ल्यान्ड समूह सीको उपविजेताको रूपमा सुपर ८ मा प्रवेश गरेको थियो। दक्षिण अफ्रिका समूह डीको विजेताको रूपमा सुपर ८ प्रवेश गरेको थियो। न्यूजिल्याण्ड समूह डी को उपविजेताको रूपमा सुपर ८ आएको थियो।
भारतले सुपर ८ मा समूह ए मा रहेर खेलेको थियो। जसमा भारतले पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनको हार बेहोरेको थियो। दक्षिण अफ्रिका जारी प्रतियोगिता अवधिभर अपराजित छ। सुपर ८ मा समूह ए को विजेताको रूपमा दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो।
समूह बीबाट इङ्ल्यान्ड सुपर ८ मा अपराजित रहँदै सेमिफाइनल खेल्नेछ। न्यूजील्याण्ड पाकिस्तानलाई नेट रनरेटमा पछाडी छोड्दै सेमिफाइनल खेल्न लागेको हो। समूह डीमा रहेको २ टोलीले सेमिफाइनल खेल्दैछन्। दक्षिण अफ्रिका र न्यूजील्यान्ड यी दुवै टोली समूह चरणमा विजेता र उपविजेताको रूपमा सुपर ८ आएका थिए। सुपर ८ मा २ समूह थियो। जसमा समूह ए बाट विजेता बन्दै दक्षिण अफ्रिकाले सेमिफाइनल खेल्दैछ। समूह बीबाट उपविजेता बन्दै न्यूजील्यान्ड सेमिफाइनल खेल्दैछ। यी दुवै टोलीले यसअघि १-१ पटक विश्वकपको फाइनल खेलेको अनुभव राख्छन्।
पुनः यी दुई टोलीले विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा भेट्दैछन्। दोस्रो सेमिफाइनलमा भने,समूह ए मा रहेको भारत र समूह सी मा रहेको इङ्ल्यान्डले खेल्दैछन् । यी दुई टोलीले भने चौथो पटक विश्वकपको फाइनल खेल्ने दाउमा हुनेछन्। यी दुवै टोलीले यसअघि ३÷३ पटक टी२० विश्वकपको फाइनल खेलेका छन्।
दक्षिण अफ्रिकाको अपराजित यात्रा
सन् २०२४ को विश्वकपमा भारतसँग पराजित भएको दक्षिण अफ्रिका जारी संस्करणमा अपराजित रहेको छ। सुपर ८ मा साविक विजेता भारतलाई ७६ रनले हराउँदै दक्षिण अफ्रिका बलियो अंक गणितीय स्थिति र मनस्थितीसँग सेमिफाइनल खेल्नेछ। दक्षिण अफ्रिका जारी प्रतियोगिताभर अपराजित छ। समूह डीको विजेताको रूपमा सुपर ८ मा आएको दक्षिण अफ्रिका सुपर ८ मा पनि अपराजित रह्यो। फाइनलमा भारतसँग हारेको दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा न्यूजLल्यान्डसँग इर्डन गार्डेनमा खेल्नेछ।
दक्षिण अफ्रिका पछिल्लो विश्वकपमा उपविजेता बनेको चोट भर्न यो पाली बलियो बनेर आएको छ। यसको उदाहरण भारतलाई सुपर ८ को खेलमा फराकिलो अन्तर (७६ रन) ले पराजित गरेर दक्षिण अफ्रिकाले मैदानमा देखाइसकेको छ। सुपर ८ अन्तर्गत समूह ए को पहिलो खेलमा भारतलाई पराजित गरेपछि दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्यो। तेस्रो खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले आफ्नो बलियो पकड देखाएको छ।
समूह चरणमा समूह डीमा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई ५७ रनले हरायो। दोस्रो खेलमा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा न्यूजील्यान्डलाई ७ विकेट र समूह चरणको अन्तिम खेलमा यूएईलाई ६ विकेटले हरायो।
हरेक परिस्थितीमा दक्षिण अफ्रिकाले प्रतियोगिताअवधीभर आफूलाई प्रमाणित गर्दै समूह चरण र सुपर ८ को चरण पार गरेर आएको हो। समूह चरणमा न्यूजील्यान्डलाई ७ विकेटले हराएको दक्षिण अफ्रिकाले सेमिफाइनलमा पुनः न्यूजील्यान्डसँग खेल्दैछ। सेमिफाइनलमा समूह चरणको नतिजा दोहोराउँदै फाइनल पुग्ने दाउमा दक्षिण अफ्रिका रहेको छ।
विश्वकपमा डिफेन्डिङ च्याम्पियनको सकस
साविक विजेता भारत समूह ए को विजेताको रूपमा सुपर ८ आएको हो। सुपर ८ मा समूह एमा परेको भारत सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भयो। त्यसपछि भने भारतलाई सुपर ८ को खेल जित्न अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाबमा खेल्यो। जसमा सन्जु सामसनको उत्कृष्ट ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई हरायो।
समूह चरणमा समूह एमा अपराजित विजेता हुँदै सुपर ८ आएको भारत सुपर ८ मा २ खेल जित्दै समूह ए को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ। समूह चरणमा पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको भारतले दोस्रो खेलमा नामिबियालाई ९३ रनले हरायो। तेस्रो खेलमा पाकिस्तानमाथि ६१ रनको जित र चौथो खेलमा नेदरल्यान्ड्सलाई १७ रनले हरायो।
सुपर ८ मा दोस्रो खेलमा जिम्बावेलाई ७२ रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारतले सुपर ८ चरण पार गरेको हो। समूह चरणमा साविक विजेताको गर्व लिएर आएको भारतले सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएसँगै भारतलाई सेमिफाइनल पुग्न निकै प्रेसरको सामना गर्नु पर्यो। सुपर ८ अन्तिम खेल अगाडि वर्षा भएर खेल रद्द भएको अवस्थामा वेस्ट इन्डिज सेमिफाइनल पुग्ने आँकडा थियो। विशेषतः भारतको शीर्ष क्रमको ब्याटिङमा भारतको ब्याटिङ क्रम निर्धारण रहेको छ। शीर्ष ४ मध्ये एक ब्याटरले जिम्मेवारपूर्ण ब्याटिङ गर्दा भारतको जितको आधार खडा भइरहेको छ। बलिङमा जसप्रित बुमराह र बरुण चक्रवर्तीको साथमा हार्दिक पाण्ड्या र अर्शदीप सिंहको साथ मिलिरहेको छ।
सन् २००७ पछि २०२४ मा विश्वकपको उपाधी जितेको भारतले जम्मा ३ पटक टी-२० विश्वकपको फाइनल खेलेको छ। भारत सन् २०१४ मा श्रीलंका उपाधी विजेता रहँदा उपविजेता बनेको थियो।
समूह चरणमा सकिएको इङ्ल्यान्डको संघर्ष
समूह चरणमा पहिलो खेलमा नेपालसँग निकै कठिन जित निकालेको इङ्ल्यान्डले त्यसपछि दोस्रो खेलमा वेस्ट इन्डिजसँग ३० रनले हार बेहोर्यो। त्यसपछि आफ्नो प्रदर्शनमा निरन्तर सुधार गर्यो। समूह चरणमा आफ्नो कमजोरी सुधार गर्दै इङ्ल्यान्ड सुपर ८ मा निकै बलियो देखियो। नतिजाको आधारमा इङ्ल्यान्ड सुपर ८ मा अपराजित रह्यो। सुपर ८ मा इङ्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले हरायो। दोस्रो खेलमा पाकिस्तानलाई २ विकेट र तेस्रो खेलमा न्यूजLल्यान्डलाई ४ विकेटको जित दर्ता गरेको हो।
समूह सी मा रहेको इङ्ल्यान्डले पहिलो खेलमा नेपालमाथि निकै कठिन ४ रनको जित दर्ता गर्यो। दोस्रो खेलमा इङ्ल्यान्ड वेस्ट इन्डिजसँग ३० रनले पराजित नै भयो। त्यसपछि समूह चरणको अन्तिम २ खेल जित्यो। तेस्रो खेलमा स्कटल्यान्डमाथि छ विकेटको जित र चौथो खेलमा इटालीमाथि २४ रनको जित दर्ता गर्यो।
इङ्ल्यान्डलाई समूह चरणमा हराएको वेस्ट इन्डिज सेमिफाइनल समीकरणमा छैन। समूह चरणमा निकै राम्रो देखिएको वेस्ट इन्डिज सुपर ८ मा भने २ हारसहित बाहिरियो। त्यसको ठीक विपरीत इङ्ल्यान्ड सुपर ८ मा समूह बीको विजेताको रुपमा सेमिफाइनलमा सहआयोजक भारतसँग खेल्नेछ।
इङ्ल्यान्डले विश्वकपको दोस्रो सेमिफाइनलमा भारतसँग मार्च ५ मा वानखेडे क्रिकेट मैदानमा खेल्नेछ। वानखेडेमा इङ्ल्यान्डले समूह चरणको २ खेल खेलिसकेको छ। यहाँको कन्डिसन र मैदानको जानकारी इङ्ल्यान्डलाई छ। यो मैदानमा समूह चरणको पहिलो खेलमा नेपालसँग कष्टकर जित र वेस्ट इन्डिजसँगको हार बेहोरेको इङ्ल्यान्ड सुपर ८को लय कायम राख्न चाहन्छ।
इङ्ल्यान्डले कूल ३ पटक टी-२० विश्वकपको फाइनल खेलेको छ। इङ्ल्यान्डले सन् २०१० र २०२२ मा उपाधी जितेको थियो । सन् २०१६ मा भने वेस्ट इन्डिजले उपाधि जित्दा इङ्ल्यान्ड उपविजेता रहेको छ।
पाकिस्तानलाई रनरेटमा पछि छोडेको न्यूजील्यान्ड
न्यूजील्यान्डको सेमिफाइनल यात्रा अन्य ३ टोलीको भन्दा फरक रह्यो। समूह बी को अन्तिम खेल पाकिस्तान र श्रीलंकाको खेलको नतिजा पाकिस्तानको पक्षमा रह्यो तर सेमिफाइनलको यात्रा न्यूजिल्यान्डले तय गर्यो। पाकिस्तानले श्रीलंकालाई चाहिए बमोजिम जित निकाल्न नसक्दा नेट रनरेटमा अगाडी रहँदै न्यूजील्यान्ड सेमिफाइनल प्रवेश गरेको हो।
सुपर ८ को पहिलो खेल पाकिस्तानसँग थियो। उक्त खेल वर्षाका कारण हुन सकेन। दुवै टोलीले १-१ अंक बाँडे। यसको घाटा पाकिस्तानलाई भयो भने फाइदा न्यूजील्यान्डलाई भयो। खेलको नजिता खेलेर आएको भए, आकडाँ फरक हुन सक्थ्यो। पहिलो खेलबाट १ अंक लिएको न्यूजिल्यान्डले दोस्रो खेलमा सहआयोजक श्रीलंकालाई ६१ रनले हरायो। तेस्रो खेलमा भने न्यूजील्यान्ड इङ्ल्यान्डसँग ४ विकेटले हार्यो।
समूह डीको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको न्यूजील्यान्डले दोस्रो खेलमा यूएईलाई १० विकेटले हरायो। तेस्रो खेलमा भने न्यूजील्यान्डले दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भयो। चौथो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै न्यूजील्यानड समूह डी को उपविजेताको रुपमा सुपर ८ पुगेको थियो। न्यूजील्यान्ड दोस्रो पटक टी२० विश्वकपको फाइनल खेल्ने लक्ष्यमा रहेको छ। सन् २०२१ मा अष्ट्रेलियाले उपाधि जित्दा न्यूजील्यानड उपविजेता थियो।
प्रतिक्रिया दिनुहोस !