गाउँ फर्किदै भोटखोलाका मतदाता

गाउँ फर्किदै भोटखोलाका मतदाता
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको भोटखोलाका बासिन्दा निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थालेका छन्। चिसो छल्न पुस महिनामा काठमाडौंतिर झरेका हिमाली भेगका बासिन्दा मतदानको दिन नजिकिएसँगै गाउँ फर्किएका हुन्। ‘हामी हिँजो(सोमबार) गाउँ फर्किसक्यौं’, चुमनब्री गाउँपालिका ७ का पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामाले भने, ‘अरूहरू पनि धमाधम फर्किरहेका छन्।’ युवाहरू भोट हाल्न हौसिँदै फर्किएको उनले बताए। 

जाडो छल्न सहर झरेकाहरु फाट्टफुट फर्किए पनि सबै जना भने फर्किएका छैनन्। ‘फाट्टफुट्ट फर्किएको देखिन्छ’, चुमनुब्री २ का छिरिङ लामाले भने, ‘सबै नफर्किए पनि चुनाव अघि केही चाहिँ फर्कन्छन्।’

हिमाली भेगका सबै मतदान केन्द्रहरूमा मतदाता अधिकृत लगायतका कर्मचारी तथा सुरक्षाकर्मीहरू पुगिसकेका छन्। कतिपय मतदान केन्द्रहरुमा सर्वदलीय, सर्वपक्षीय बैठक आह्वान गरेका छन्। कतिपय मतदानकेन्द्रहरुमा भने गाउँले तथा राजनीतिक दलका प्रतिनिधि नभएका कारण बैठक राख्न समेत सकेका छैनन्। 

‘हामीले सम्पर्क गर्दा कोही नाम्रुङबाट उकालो लागिसकेका छौँ भनिरहनु भएको छ, कसैले गपबाट उकालो लाग्दैछौं भनिरहनु भएको छ’, साम्दो आधारभूत विद्यालय केन्द्रका मतदान कर्मचारी ढकनाथ बस्ताकोटीले भने, ‘भोलि साँझसम्म आइपुग्छौँ भन्नुभएको छ। आउनु होला।’

गोरखाको चुमनुब्री गाउँपालिकाका सातवटा वडामध्ये हिमाली भेगमा पर्ने ६ वटा वडाका गाउँबस्ती सडक सञ्जालले जोडेको छैन। त्यहाँ पुग्न सदरमुकामबाट तीनदेखि पाँच दिनसम्म लाग्छ। जाडो बढ्न थालेपछि सहर झरेका उनीहरू ल्होसार सकेर गाउँ फर्किने क्रममा रहका स्थानीयको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.