अर्घाखाँचीमा निर्वाचनका लागि सबै तयारी पूरा
अर्घाखाँची : अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन मतपेटिका लगायतका सम्पूर्ण सामग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन्।
निर्वाचन सम्पन्न गर्नको लागि कुल १२ सय ६२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए। मौन अवधिको समयमा हुनसक्ने आचारसंहिता उल्लंघनका घटनालाई कम गर्न सूक्ष्म अनुसन्धान गरिएको पाण्डेले बताए।
अपांगता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिए। निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरे। निर्वाचनका लागि सबै निकायको पूर्ण तयारी रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !