बझाङको लोकण्डमा अझै सुरु हुन सकेन मतदान

बझाङको लोकण्डमा अझै सुरु हुन सकेन मतदान

बझाङ :  बझाङ जिल्लाभर मतदान शान्तिपुर्ण रुपमा भइरहँदा बझाङको तल्कोट -४ स्थित कैलाश प्रा.वि लोकण्ड मतदान स्थलमा अहिलेसम्म मत खस्न सकेको छैन । मतदाताहरु मतदानस्थलमा नआउँदा उक्त ठाउँमा अहिले सम्म पनि मतदान सुरु हुन् सकेकाे छैन्।

वडाध्यक्ष गोरख बहादुर जेठाराले मतदान गर्न आउने बताए । लोकण्ड गाउँमा हालसम्म सडक र विद्युत् सेवा नपुगेको, खानेपानीको दिगो व्यवस्था नहुँदा दैनिक जीवन कष्टकर बनेको तथा वडा कार्यालय टाढा र पहुँचभन्दा बाहिर रहेको गुनासो स्थानीयको छ।

यिनै माग सम्बोधन नभएसम्म मतदान नगर्ने निर्णय गर्दै स्थानीयले परम्परागत आस्थाका रूपमा लिइने लांगा देवताको साक्षी राखेर भोट नदिने वाचा गरेका थिए। करिब ३२ घरधुरी रहेको लोकण्डमा १ सय ७४ मतदाता छन्।

बिहान ७ बजे बाट सुरु भएको मतदानमा १० बजे सम्म बझाङ जिल्लामा जम्मा.४८७२ मत खसेको छ । उक्त जिल्लामा जम्मा मतदाता संख्या १२६९०३ रहेका छन्, जसमध्ये २५४१ पुरुष र २३३१ महिलाले मतदान गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.